Featured Post Today
print this page
Latest Post

गजल

सायद ति ओठहरु अब मुस्कुराउने छैन
पक्कै तिज आउछ जान्छ दिदि आउने छैन

आफ्नै अस्तित्वो जलाएर अरुलाई पोल्दैछन्
छातीमै भाला रोपुन तर म शिर झुकाउने छैन

ज्यानमारा हरु खुलेआम सडकमा हिड्दा खेरि
जन्ता धिक्कार्दै भन्छन् यस्ले बाँच्न पाउने छैन

सरकार मौन बस्नुको कारण केहि हुनु पर्छ होला !
जे होस् मेरो माटोमा बिदेशीले झण्डा फुकाउने छैन

'सत्यको बिजय हुन्छ' उहिले भगवान् कृष्ण भन्थे
यहाँ असत्य हावी हुदा निर्धोले खुशी मनाउने छैन

रामकृष्ण पौडेल ''अनायास''
गजलकुञ्ज ,भरतपुर
0 comments

गजल

उस्ले पनि ठुलो सपना देखेको हुदोहो
आमा भन्दै बाँच्न गोलि छेकेको हुदोहो

मार्नु अघि आफ्नो छोराछोरि संझनु पर्थ्यो
कठै त्यो बालक पनि हाँस्दै खेलेको हुदोहो

भगवान् पनि देखेर मौन किन बस्दाहुन
कुनै दिन त उस्ले मन्दिर टेकेको हुदोहो

उस्को खुनबाट चन्द्र सुर्य यसरि बन्दा
भाग्यमै पहिलो बालशहिद लेखेको हुदोहो

अपराधि खुलेआम भाषण गर्दैछ सदनमा
कस्तो बन्छ खै त्यस्ले पनि संबिधान केरेको हुदोहो

रामकृष्ण पौडेल “अनायास”
गजलकुन्ज ,भरतपुर

0 comments

गजल


घनश्याम परिश्रमी

हिँड्नु हुन्न त्यै पुरानो चालले अब
फेर्नुपर्छ काँचुली नेपालले अब


अस्मिता यो भूमिको अस्तित्व राष्ट्रको
बेच्न नपाओस् कुनै दलालले अब

पीर होस् कि खुसी सँगै भोग्नु पर्दछ
मधेस, पहाड र हिमालले अब

सुन्नु सुन्यौँ भाटका सङ्गीतका धुन
बज्नु पर्छ नयाँ सुर तालले अब

हामी लक्ष्य भेट्न हिँड््रयौँ बेगले भने
रोक्न कहाँ सक्छ र पर्खालले अब

युद्धको सञ्जाल टुटोस् मनहरु मिलून्
ज्योति छरोस् शान्तिको मसालले अब
0 comments

कार्यक्रम गजलका थुँगाहरु~११

दर्जनौ ब्लगहरुमार्फत एकैपल्ट सुन्न र डाउनलोड गर्न सकिने
कार्यक्रम:- "गजलका थुँगाहरु" 
नमस्कार साथीहरु, आज मिति २०७०।4।29 गते  मंगलवार  हामी गजलमनहरुको यौटा भिन्दै कार्यक्रम  विशेष लिएर उपस्थित भएका छौं । गजलकार अर्जुन पौडेलको परिकल्पना र उत्पादनमा एकै पल्ट विभिन्न 25 ब्लगहरु तथा वेबसाइटहरु मार्फत एकै पल्ट प्रसारण हुने नेपाली साहित्य जगतमा एउटा अनुपम प्रयास, तपाई हाम्रा मिलन विछोडका कुरा, कतै मन दुखेका कुरा त कतै माया र प्रेम साटेका कुरा, गजल मार्फत अभिव्यत गर्ने साझा चौतारी कार्यक्रम गजलका थुँगाहरु लिएर कार्यक्रम प्रस्तोता उपस्थित फुच्ची जमुना  हुनुभैक्नुभएको छ ।
कार्यक्रममा अनायासका पानाहरु फेसबुक पेज र गजलका थुँगाहरुमा पोष्ट भएका गजलहरु तथा तपाइहरुलेनै मेलमा पठाउनुभएको गजलहरु लिएर आएका छौं । आजको श्रृङ्खला कस्तो लाग्यो हामीलाई सल्लाह सुझाव र प्रतिकृया दिन नभुल्नुहोला । आउनुस् हामी पनि सुनौ गजलका थुँगाहरु ।

Download Here:- Click Here !
0 comments

कार्यक्रम गजलका थुँगाहरु~१०


दर्जनौ ब्लगहरुमार्फत एकैपल्ट सुन्न र डाउनलोड गर्न सकिने
कार्यक्रम:- "गजलका थुँगाहरु" 
अर्जुन दृष्टि पौडेलको परिकल्पनामा 
नमस्कार साथीहरु, आज मिति २०७०।4।15 गते हामी गजलमनहरुको यौटा भिन्दै कार्यक्रम  विशेष लिएर उपस्थित भएका छौं । गजलकार अर्जुन पौडेलको परिकल्पना र उत्पादनमा एकै पल्ट विभिन्न 25 ब्लगहरु तथा वेबसाइटहरु मार्फत एकै पल्ट प्रसारण हुने नेपाली साहित्य जगतमा एउटा अनुपम प्रयास, तपाई हाम्रा मिलन विछोडका कुरा, कतै मन दुखेका कुरा त कतै माया र प्रेम साटेका कुरा, गजल मार्फत अभिव्यत गर्ने साझा चौतारी कार्यक्रम गजलका थुँगाहरु लिएर कार्यक्रम प्रस्तोता उपस्थित फुच्ची जमुना  हुनुभैक्नुभएको छ ।
कार्यक्रममा अनायासका पानाहरु फेसबुक पेज र गजलका थुँगाहरुमा पोष्ट भएका गजलहरु तथा तपाइहरुलेनै मेलमा पठाउनुभएको गजलहरु लिएर आएका छौं । आजको श्रृङ्खला कस्तो लाग्यो हामीलाई सल्लाह सुझाव र प्रतिकृया दिन नभुल्नुहोला । आउनुस् हामी पनि सुनौ गजलका थुँगाहरु ।

Download Here
0 comments

गजलका थुँगाहरु श्रृंखला - ९

GAZALKA THUNGAHARU
दर्जनौ ब्लगहरुमार्फत एकैपल्ट
अर्जुन पौडेलको परिकल्पनामा
गजलका थुँगाहरु श्रृंखला - 9
कार्यक्रम प्रस्तोता दोय :
रामकृष्ण अनायास र फुच्ची जमुना
मिति : 
(02-07-2013/2070-03-18)

नमस्कार साथीहरु,
आज मिति 2070-03- 18 गते  02-07-2013 हामी गजलमनहरुको यौटा भिन्दै कार्यक्रम  विशेष लिएर उपस्थित भएका छौं । गजलकार अर्जुन पौडेलको परिकल्पना र उत्पादनमा एकै पल्ट विभिन्न दर्जनैा ब्लगहरु तथा वेबसाइटहरु मार्फत एकै पल्ट प्रसारण हुने नेपाली साहित्य जगतमा एउटा अनुपम प्रयास, तपाई हाम्रा मिलन विछोडका कुरा, कतै मन दुखेका कुरा त कतै माया र प्रेम साटेका कुरा , गजल मार्फत अभिव्यत गर्ने साझा चौतारी कार्यक्रम गजलका थुँगाहरु लिएर कार्यक्रम प्रस्तोता हुनुभैक्नुभएको छ ।आजको भागमा नारी स्रष्टा विशेष छ, नारी स्रष्टाका मात्र गजल वाचन भएको छ ।

कार्यक्रममा अनायासका पानाहरु फेसबुक पेज र गजलका थुँगाहरुमा पोष्ट भएका गजलहरु तथा तपाइहरुलेनै मेलमा पठाउनुभएको गजलहरु लिएर आएका छौं । आजको श्रृङ्खला कस्तो लाग्यो हामीलाई सल्लाह सुझाव र प्रतिकृया दिन नभुल्नुहोला । आउनुस् हामी पनि सुनौ गजलका थुँगाहरु 
Listen & Download
              Download : Click Here to Download Episode 9

Thank you
0 comments

गजलका थुँगाहरु श्रृंखला - ८

GAZALKA THUNGAHARU
दर्जनौ ब्लगहरुमार्फत एकैपल्ट
अर्जुन पौडेलको परिकल्पनामा
गजलका थुँगाहरु श्रृंखला - 8
कार्यक्रम प्रस्तोता दोय :
रामकृष्ण अनायास र फुच्ची जमुना
मिति : 
(17-06-2013/2070-03-03)

नमस्कार साथीहरु,
आज मिति 2070-03-03 गते शुक्रबार 17-06-2013 हामी गजलमनहरुको यौटा भिन्दै कार्यक्रम  विशेष लिएर उपस्थित भएका छौं । गजलकार अर्जुन पौडेलको परिकल्पना र उत्पादनमा एकै पल्ट विभिन्न दर्जनैा ब्लगहरु तथा वेबसाइटहरु मार्फत एकै पल्ट प्रसारण हुने नेपाली साहित्य जगतमा एउटा अनुपम प्रयास, तपाई हाम्रा मिलन विछोडका कुरा, कतै मन दुखेका कुरा त कतै माया र प्रेम साटेका कुरा , गजल मार्फत अभिव्यत गर्ने साझा चौतारी कार्यक्रम गजलका थुँगाहरु लिएर कार्यक्रम प्रस्तोता हुनुभैक्नुभएको छ ।आजको भागमा नारी स्रष्टा विशेष छ, नारी स्रष्टाका मात्र गजल वाचन भएको छ ।

कार्यक्रममा अनायासका पानाहरु फेसबुक पेज र गजलका थुँगाहरुमा पोष्ट भएका गजलहरु तथा तपाइहरुलेनै मेलमा पठाउनुभएको गजलहरु लिएर आएका छौं । आजको श्रृङ्खला कस्तो लाग्यो हामीलाई सल्लाह सुझाव र प्रतिकृया दिन नभुल्नुहोला । आउनुस् हामी पनि सुनौ गजलका थुँगाहरु 
Listen & Download
                                Download : Click Here to Download Episode 8
Thank you
0 comments
 
Support : Creating Website | Template | Red Template
Copyright © 2011. गजलका थुँगाहरु - All Rights Reserved
Template Created by Website Published by MeroTemplate
Proudly powered by Blogger