Featured Post Today
print this page
Latest Post

गजलका थुँगाहरु श्रृंखला– छैठौं (सवाल जवाफ विशेष)

दर्जनौ ब्लगहरुमार्फत एकैपल्ट सुन्न र डाउनलोड गर्न सकिने
कार्यक्रम:- "गजलका थुँगाहरु" 
अर्जुन पौडेलको परिकल्पनामा 
 गजलका थुँगाहरु श्रृंखला– छैठौं (सवाल जवाफ विशेष)
 कार्यक्रम प्रस्तोता दोय :- रामकृष्ण अनायास र फुच्ची जमुना
 मितिः– 2070।१।9 Monday  Facebook Page
नमस्कार साथीहरु, आज मिति २०७०।१।९ गते सोमवार  हामी गजलमनहरुको यौटा भिन्दै कार्यक्रम गजलका थुँगाहरुको छैठौं  श्रृंखला सवाल– जवाफ विशेष लिएर उपस्थित भएका छौं । गजलकार अर्जुन पौडेलको परिकल्पना र उत्पादनमा एकै पल्ट विभिन्न द्दछ ब्लगहरु तथा वेबसाइटहरु मार्फत एकै पल्ट प्रसारण हुने नेपाली साहित्य जगतमा एउटा अनुपम प्रयास, तपाई हाम्रा मिलन विछोडका कुरा, कतै मन दुखेका कुरा त कतै माया र प्रेम साटेका कुरा , गजल मार्फत अभिव्यत गर्ने साझा चौतारी कार्यक्रम गजलका थुँगाहरुको छैठौं  श्रृंखला लिएर कार्यक्रम प्रस्तोता दोय गजलकारहरु रामकृण अनायास र फुच्ची जमुना उपस्थित हुनुभैक्नुभएको छ ।
कार्यक्रममा अनायासका पानाहरु फेसबुक पेज र गजलका थुँगाहरुमा पोष्ट भएका गजलहरु तथा तपाइहरुलेनै मेलमा पठाउनुभएको गजलहरु लिएर आएका छौं । आजको श्रृङ्खला कस्तो लाग्यो हामीलाई सल्लाह सुझाव र प्रतिकृया दिन नभुल्नुहोला । आउनुस् हामी पनि सुनौ गजलका थुँगाहरु ।
0 comments

"गजलका थुँगाहरु: श्रृंखला:– पाँच (नववर्ष विशेष)

दर्जनौ ब्लगहरुमार्फत एकैपल्ट सुन्न र डाउनलोड गर्न सकिने कार्यक्रम 
"गजलका थुँगाहरु"  
अर्जुन पौडेलका परिकल्पनामा 
गजलका थुँगाहरु श्रृंखला– पाँच
कार्यक्रम प्रस्तोता दोय :-
रामकृष्ण अनायास  फुच्ची जमुना 
मितिः– २०६९।१२।३१ शनिवार 

नमस्कार साथीहरु, आज मिति २०६९।१२।३१ गजलसर्जक विवश ज्ञावली “असफल प्रेमी” को आवाजसहित  हामी गजलमनहरुको यौटा भिन्दै कार्यक्रम गजलका थुँगाहरुको पाँचौं श्रृंखला लिएर उपस्थित भएका छौं । गजलकार अर्जुन पौडेलको परिकल्पना र उत्पादनमा एकै पल्ट विभिन्न 25 ब्लगहरु तथा वेबसाइटहरु मार्फत एकै पल्ट प्रसारण हुने नेपाली साहित्य जगतमा एउटा अनुपम प्रयास, तपाई हाम्रा मिलन विछोडका कुरा, कतै मन दुखेका कुरा त कतै माया र प्रेम साटेका कुरा , गजल मार्फत अभिव्यत गर्ने साझा चौतारी कार्यक्रम गजलका थुँगाहरुको पाँचौं श्रृंखला लिएर कार्यक्रम प्रस्तोता दोय गजलकारहरु रामकृण अनायास र फुच्ची जमुना उपस्थित हुनुभैक्नुभएको छ ।  

खडेरीमा पानी पर्यो तिमी लजाउँदा

खडेरीमा पानी पर्यो तिमी लजाउँदा
काँडालेनी मुस्कान छर्यो तिमी लजाउँदा

दुनियाँको मनै हर्यौ बयान के गरु,
जून तारा धर्ति झर्यो तिमी लजाउँदा।

तिमीलाई देखे पछि कल्पनामा संधै,
यो बैँसले के-के गर्यो तिमी लजाउँदा।

परी जस्तै स्वर्ग बाट तिम्रो प्रवेश हुँदा,
इन्द्रणीले आँचल भर्यो तिमी लजाउँदा।

खुसीयाली किरण छाए जीवनमा आज,
दुःख कष्ट बसाई सर्यो तिमी लजाउँदा।

पवन घर्ति मगर
हाडहाडे गुल्मी
0 comments

धर्ति सम्झन्छु अनि गगन सम्झन्छु।

धर्ति सम्झन्छु अनि गगन सम्झन्छु।
एक्लै हुदाँ उनको, चुम्बन सम्झन्छु॥

कति छिट्टै हल्लकै बढेकि हिजो आज।
फक्रिएको उनको, यौवन सम्झन्छु॥

आज पनि पुराना यादहरु आउछन।
सँगै खेलि हुर्केको, बचपन सम्झन्छु॥

कहिले काँहि टाढा हुदाँ नआत्तिनु।
कहाँ बिर्सन्छु र, झनझन सम्झन्छु॥

हाम्रो प्रेम उदाहरण हुनुपर्छ भन्छे।
'मुना' सम्झन्छु , 'मदन' सम्झन्छु॥

कृष्ण अबिरल
गितानगर-४,देबनग र..
चितवन.....
0 comments

जनताले अब सरकार बनाउछ

««««गजल»»»»»

जनताले अब सरकार बनाउछ
पत्रकारले यै समाचार बनाउछ

झुपडिमा उसले तलाहरु थप्दैछ
हेर्नुहोस् भोली नै दरबार बनाउछ

आज यस्तो कालिगढ साछातकार भयो
जसले भाग्यमानी निधार बनाउछ

मैले आज सम्म नबुझेको कुरा यो हो
किन नदिले दुई किनार बनाउछ

मेरो दिलमा हलचल मच्याई सधै
कसैले पागल लगातार बनाउछ

हर महा समरमा गजलकारले
गजल नै आफ्नो हतियार बनाउछ

समर प्रकाश
कोल्हुवा, नवलपरासी
0 comments

प्रणयका रातहरु एकादेशकै कथा भए

कोमल गज़ल
*************
प्रणयका रातहरु एकादेशकै कथा भए
यौवनका मातहरु एकादेशकै कथा भए

सिताराको घुम्टोबाट चियाउँदै सजाएका
माया प्रेमका खातहरु एकादेशकै कथा भए

नयनका इशाराले लजाउँदै गरेका ती
मीठा मीठा बातहरु एकादेशकै कथा भए

अधरको मिलनले संसार नै भुलाएका
रमाइला घातहरु एकादेशकै कथा भए

यौटै आत्मा यौटै मुटु बनाएर अङ्गालोमा
बाँधिएका हातहरु एकादेशकै कथा भए

प्रकृतिको "कोमल" सन्देश चारैतिर फैलाएर
हल्लिएका पातहरु एकादेशकै कथा भए

कोमल भट्ट
पुरानो नैकाप,काठमाडौँ
हाल:- न्युयोर्क,अमेरिका
0 comments

गजल गाउँथे अलि लामो छ ।

नबिन नेपाल

गजल गाउँथे अलि लामो छ ।
कथा सुनाउँथे अलि लामो छ ।

ठ्याक्कै मुटुको बिच्चैमा छ मित्र
घाउ सिलाउँथे अलि लामो छ ।

समयले कहाँ हराइदियो मलाई
फर्केर आउँथे अलि लामो छ ।

खोज्दै हिड्न मन लाग्छ कहिले
बाटो पछ्याउँथे अलि लामो छ ।

यादैले जिबन कटाउँ भन्छु
जुनी पुराउँथे अलि लामो छ ।

हुलाकी भन्छ बोक्नै सक्दिन
चिठी पठाउँथे अलि लामो छ ।

नबिन नेपाल
भक्तपुर
0 comments

मन्दिरमा पुजारी धन खोज्दै छ ।

गजल
मन्दिरमा पुजारी धन खोज्दै छ ।
दु:ख पर्यो अनी भगवान खोज्दै छ ॥

बेहोसीमा ईज्यत गुमाएछ उसले ।
होसमा आई आफ्नो ईमान खोज्दै छ ॥

हुनेखानीको छोरी अब हुर्किदै छ रे ।
हुदा खानी होईन कुलघरान खोज्दै छ॥

बैशमा त घर छोडेर गईहाल्यो
बुढेसकालमा आफ्नो सन्तान खोज्दै छ ॥

देशमा भुकमरी लागेको बेला
सरकार जौ बारीमा धान खोज्दै छ ॥

सुमन मुस्कान बालकुमारी कलेज
नारायणगढ चितवन
0 comments

दिउसै पिउने गर्नु हुन्छ बुवा हजुर ।।

दिउसै पिउने गर्नु हुन्छ बुवा हजुर ।।
मातेपछी पैसा छर्नु हुन्छ बुवा हजुर ।।

बिहानै जाने बानी छ उहाँको भट्टीमा ।।
नसाको भरमा पर्नु हुन्छ बुवा हजुर ।।

पिएपछी खुट्टा भुईमा हुदैन उहाँको ।।
अझै अर्को भट्टी सर्नु हुन्छ बुवा हजुर ।।

जहाँ पायो त्यही सुत्ने साथमा बोटल ।।
बोटलमा आखाँ तर्नु हुन्छ बुवा हजुर ।।

अन्जान श्रेष्ठ अभागी
कान्छीबजार स्याङजा
0 comments

अचेल के देख्छु सपनीमा डराउछ मन

अचेल के देख्छु सपनीमा डराउछ मन
उता प्यारी एक्लै छिन कराउछ मन

सँगै बिताएका क्षण घुम्छ नजर वरिपरि
याद बाँच्ने साहारामा, हराउँछ मन

देब्रे मुटु चस्कीन्छ जब देख्दा तस्वीर तिम्रो
त्यतिनै बेला मुर्छा पर्छु तव चराउछ मन

नियतिकै खेल हो भेटिने र छुटिने साथ
त्यसै भन्दै एक्लै आफ्नो कसाउँछ मन

न मरे बाँचे भेट कसो नहोला र सानु
यसो भन्दै सार्ह्रै तल खसाउछ मन

रामकृष्ण पौडेल"अनयास"
गजलकुन्ज, चितवन
0 comments
 
Support : Creating Website | Template | Red Template
Copyright © 2011. गजलका थुँगाहरु - All Rights Reserved
Template Created by Website Published by MeroTemplate
Proudly powered by Blogger