![]() |
राम शरण श्रेष्ठ |
मनभित्रका भावनाहुन् , गजलका थुँङ्गाहरु ।।
गन्तब्यमा पुग्नै कठिन, हुन्छन् धेरै बाधाहरु
माझी असल भएदेखि, पारि पुग्छ डुङ्गाहरु ।।
कतिराम्रो हुन्थ्योहोला, सँगै नाच्न–गाउन पाए
मनै हर्ने सँगित दिन्छन्, मादल मुर्चुङ्गाहरु ।।
जिन्दगीको मैदानमा पछारिन्छन् प्राय जसो
कयौं युद्ध लडेका ति मै हुँ भन्ने जुँगाहरु ।।
आउनुस् सयर गरौं मिठा मिठा गजलसँगै
भावनामा उड्नुपर्छ जस्तै ति चंङ्गाहरु ।।
राम शरण श्रेष्ठ
चिसापानी ६, रामेछाप ।।
Post a Comment