मन्दिरमा पुजारी धन खोज्दै छ ।

गजल
मन्दिरमा पुजारी धन खोज्दै छ ।
दु:ख पर्यो अनी भगवान खोज्दै छ ॥

बेहोसीमा ईज्यत गुमाएछ उसले ।
होसमा आई आफ्नो ईमान खोज्दै छ ॥

हुनेखानीको छोरी अब हुर्किदै छ रे ।
हुदा खानी होईन कुलघरान खोज्दै छ॥

बैशमा त घर छोडेर गईहाल्यो
बुढेसकालमा आफ्नो सन्तान खोज्दै छ ॥

देशमा भुकमरी लागेको बेला
सरकार जौ बारीमा धान खोज्दै छ ॥

सुमन मुस्कान बालकुमारी कलेज
नारायणगढ चितवन
Share this article :

Post a Comment

 
Support : Creating Website | Template | Red Template
Copyright © 2011. गजलका थुँगाहरु - All Rights Reserved
Template Created by Website Published by MeroTemplate
Proudly powered by Blogger