गजल गाउँथे अलि लामो छ ।



नबिन नेपाल

गजल गाउँथे अलि लामो छ ।
कथा सुनाउँथे अलि लामो छ ।

ठ्याक्कै मुटुको बिच्चैमा छ मित्र
घाउ सिलाउँथे अलि लामो छ ।

समयले कहाँ हराइदियो मलाई
फर्केर आउँथे अलि लामो छ ।

खोज्दै हिड्न मन लाग्छ कहिले
बाटो पछ्याउँथे अलि लामो छ ।

यादैले जिबन कटाउँ भन्छु
जुनी पुराउँथे अलि लामो छ ।

हुलाकी भन्छ बोक्नै सक्दिन
चिठी पठाउँथे अलि लामो छ ।

नबिन नेपाल
भक्तपुर
Share this article :

Post a Comment

 
Support : Creating Website | Template | Red Template
Copyright © 2011. गजलका थुँगाहरु - All Rights Reserved
Template Created by Website Published by MeroTemplate
Proudly powered by Blogger