जनताले अब सरकार बनाउछ



««««गजल»»»»»

जनताले अब सरकार बनाउछ
पत्रकारले यै समाचार बनाउछ

झुपडिमा उसले तलाहरु थप्दैछ
हेर्नुहोस् भोली नै दरबार बनाउछ

आज यस्तो कालिगढ साछातकार भयो
जसले भाग्यमानी निधार बनाउछ

मैले आज सम्म नबुझेको कुरा यो हो
किन नदिले दुई किनार बनाउछ

मेरो दिलमा हलचल मच्याई सधै
कसैले पागल लगातार बनाउछ

हर महा समरमा गजलकारले
गजल नै आफ्नो हतियार बनाउछ

समर प्रकाश
कोल्हुवा, नवलपरासी
Share this article :

Post a Comment

 
Support : Creating Website | Template | Red Template
Copyright © 2011. गजलका थुँगाहरु - All Rights Reserved
Template Created by Website Published by MeroTemplate
Proudly powered by Blogger