खडेरीमा पानी पर्यो तिमी लजाउँदा
काँडालेनी मुस्कान छर्यो तिमी लजाउँदा
दुनियाँको मनै हर्यौ बयान के गरु,
जून तारा धर्ति झर्यो तिमी लजाउँदा।
तिमीलाई देखे पछि कल्पनामा संधै,
यो बैँसले के-के गर्यो तिमी लजाउँदा।
परी जस्तै स्वर्ग बाट तिम्रो प्रवेश हुँदा,
इन्द्रणीले आँचल भर्यो तिमी लजाउँदा।
खुसीयाली किरण छाए जीवनमा आज,
दुःख कष्ट बसाई सर्यो तिमी लजाउँदा।
पवन घर्ति मगर
हाडहाडे गुल्मी
काँडालेनी मुस्कान छर्यो तिमी लजाउँदा
दुनियाँको मनै हर्यौ बयान के गरु,
जून तारा धर्ति झर्यो तिमी लजाउँदा।
तिमीलाई देखे पछि कल्पनामा संधै,
यो बैँसले के-के गर्यो तिमी लजाउँदा।
परी जस्तै स्वर्ग बाट तिम्रो प्रवेश हुँदा,
इन्द्रणीले आँचल भर्यो तिमी लजाउँदा।
खुसीयाली किरण छाए जीवनमा आज,
दुःख कष्ट बसाई सर्यो तिमी लजाउँदा।
पवन घर्ति मगर
हाडहाडे गुल्मी
Post a Comment